काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले “सानिमा जीवन श्री” नामक नयाँ जीवन बीमा बजारमा ल्याएको छ । इन्स्योरेन्सले कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ बीमाङ्कीको समुहबाट उक्त योजना ल्याएको हो ।
यस योजना अन्तर्गत जीवन बीमा गर्दा पुरा बीमा अवधिको लागि प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस ग्यारेन्टी गरिएको कम्पनीले जानकारी दिएको छ । योजनाको बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ वर्ष र बीमा अवधि १०, १५, २० र २५ वर्ष निर्धारण गरिए कम्पनीले जनाएको छ ।
सो योजनामा न्यूनतम बीमाङ्क ५ लाख रुपैयाँ र अधिक्तम बीमाङ्क आयश्रोतको आधारमा निर्धारण गरिने छ । कम्पनीले १६ वर्षदेखि अधिकक्तम ६० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्यूनतम बीमा अवधि १० वर्ष र अधिक्तम २५ वर्ष रहेको छ ।
बीमाङ्क रकम भुक्तानी दिने अवस्था
बीमा समाप्ती मितिसम्म बीमित जीवीत रहेमा बीमा लेखको शर्तहरुको अधिनमा रही प्रत्यक वर्ष पुरा बीमा अवधिको बोनस एकमुष्ट प्रदान गरिनेछ । प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ ग्यारेण्टी बोनस समेत एकमुष्ट प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ ।
त्यस्तै, बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्था बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क प्रदान गरिने छ ।