आईएमई जनरल इन्स्योरेन्सको मंसिर ९ गते बुक क्लोज, ८० प्रतिशत हकप्रद जारी गर्दै

<p>काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एकदिन इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । कम्पनीले सेयरधनीमाझ ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको सेयर जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ [&hellip;]</p>

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एकदिन इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले सेयरधनीमाझ ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको सेयर जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ पुगेको छ ।

Share News