सानिमा लाइफले ल्यायो ‘सानिमा दम्पती’ योजना, धितोमा ९० प्रतिशत कर्जा पाइने

<p>काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा दम्पती(सावधिक) नामक नयाँ जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमा लेखमा श्रीमान तथा श्रीमतीलाई जीवन बीमा प्रदान गरिने छ । उक्त योजनामा न्युनतम बीमाङ्क ५० हजार रुपैयाँ र अधिकतम् असिमित रहेको छ । कम्पनीले २१ वर्षदेखि ५० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको [&hellip;]</p>

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा दम्पती(सावधिक) नामक नयाँ जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमा लेखमा श्रीमान तथा श्रीमतीलाई जीवन बीमा प्रदान गरिने छ ।

उक्त योजनामा न्युनतम बीमाङ्क ५० हजार रुपैयाँ र अधिकतम् असिमित रहेको छ । कम्पनीले २१ वर्षदेखि ५० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्युनतम बीमा अवधि १५ वर्ष, अधिक्तम ३० वर्ष र अधिक्तम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ ।

कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाईने हुँदा जीवन बीमाको क्षेत्रमा उत्तम योजना सावित भएको इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीको प्रबिधिक तथा व्यवस्थापन समुह र जीवन बीमा व्यवसाय सम्बन्धमा विशेष योग्यता प्राप्त दक्ष बीमाङ्कीको समुहबाट विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना बजारमा ल्याएको इन्स्योरेन्सले जनाएको छ ।

बीमाङ्क रकम भुक्तानी दिने अवस्था

बीमा समाप्ती मितिमा दुवै वा कुनै एक दम्पती जीवीत रहेमा बीमाङ्क र पुरा अवधिको बोनस एक मुष्ट प्रदान गरिने छ । बीमा अवधिभित्र बीमा लेख चालु रहेको अवस्थामा बीमीत दम्पती मध्य कुनै एकको मृत्यु भएमा बीमाङ्क र रकम भुक्तानी गरिने छ । त्यस्तै, बीमा लेख चालु रहेको अवस्थामा बीमीत दम्पती मध्य बाँकी जीवीत बीमितको मृत्यु भएमा बीमाङ्क समानुपातिक आर्जित बोनस एक मुष्ट भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

सामान्य शर्त तथा सुविधा

यस सानिमा दम्पती जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गरी न्यूनतम २ वर्षको बीमा शुल्क भुक्तानी पश्चात बीमा लेख चुक्ता बीमा लेखको लागि योग्य हुने छ । त्यस्तो बीमा लेखबाट बीमितले चाहेमा सम्पूर्ण मूल्य प्राप्त गर्न सकिने छ । बीमा समितिबाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले सम्पुर्ण मुल्य निधारण गरिने छ र बीमा लेखको धितोमा सम्पुर्ण मुल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ ।

ऐक्षिक सुविधा

बीमीतले यस बीमा योजनामा थप बीमा शुल्क तिरी पुरक करारको रुपमा दुर्घटना मृत्यु लाभ(एडीबी) अपाङ्ग र अशक्त(पीटीडी/पीडब्लुडी)सुविधा लिन सक्नेछन् ।

Share News