
काठमाडौं । अब ग्लोबल आइएमई बैंक लिमिटेडबाट एशियन लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने छ । उक्त सेवा पाइने सम्बन्धि ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाहरु मार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद पाइने छ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बैंकले हाल १३२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४० एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।