नेपाल बङ्गलादेश बैंकबाटै सुर्य लाईफको इन्स्योरेन्स सेवा पाइने

<p>काठमाडौं । अब नेपाल बङ्गलादेश बैंक लिमिटेडबाटै सुर्य लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । सोमबार दुई संस्थाबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको जुनसुकै [&hellip;]</p>

काठमाडौं । अब नेपाल बङ्गलादेश बैंक लिमिटेडबाटै सुर्य लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । सोमबार दुई संस्थाबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट सजिलै जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

Share News