त्रिविमा यस बर्ष दीक्षान्त आवेदक बढे

<p>काठमाडौं। अनलाइन फारम भर्ने सुविधा दिइएपछि यस वर्ष त्रिभुवन विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन चाहने विद्यार्थी बढेका छन् । पुसमा हुने ४४ औं दीक्षान्त समारोहमा करिब १० हजार विद्यार्थी सहभागी हुने त्रिविले जनाएको छ । गत वर्ष ८ हजार २ सय विद्यार्थी सहभागी थिए । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहीबारसम्मलाई म्याद दिइएकामा दिउँसोसम्म ९ हजार ९ सय २० जनाले [&hellip;]</p>

काठमाडौं। अनलाइन फारम भर्ने सुविधा दिइएपछि यस वर्ष त्रिभुवन विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन चाहने विद्यार्थी बढेका छन् । पुसमा हुने ४४ औं दीक्षान्त समारोहमा करिब १० हजार विद्यार्थी सहभागी हुने त्रिविले जनाएको छ । गत वर्ष ८ हजार २ सय विद्यार्थी सहभागी थिए ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहीबारसम्मलाई म्याद दिइएकामा दिउँसोसम्म ९ हजार ९ सय २० जनाले अनलाइन फाराम भरेको जनाएका छन् । यस वर्ष ७३ हजार ९ सय १ विद्यार्थी दीक्षान्तयोग्य छन् । त्यसमा स्नातकका ५४ हजार ७ सय ९४ र स्नातकोत्तरका १८ हजार ८ सय ७९ छन् । एमफिल १ सय ५६ र पीएचडी ७२ जना छन् ।

Share News