
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका ग्राहकले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । बिहीबार दुई कम्पनीबीच मेडीसिटीमा इन्स्योरेन्सका ग्राहकलाई नगदरहित सेवा दिने सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्यासलेस अर्थात नगदरहीत सेवा ग्राहकले उपचारका लागि भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् । स्वास्थ्य सबैको पहुचमा पुग्ने भएकोले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले बताएका छन् ।
त्यस्तै, अजोड इन्स्योरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना वृद्धि गर्दै जाने उद्धेश्यले उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ ।