एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत हकप्रद निष्कासन गर्दै, बुक क्लोज कहिले ?

<p>काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत अर्थात १ः१.०५ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहलाई सो मात्रा अर्थात १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी कात्तिक २७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १३ [&hellip;]</p>

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत अर्थात १ः१.०५ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहलाई सो मात्रा अर्थात १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

सो प्रयोजनको लागि कम्पनीले आगामी कात्तिक २७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख रुपैयाँ रहेको छ । १०५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ ।

कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई गत वैशाख १ गते बसेको इन्स्योरेन्सको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

Share News