
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ मा कक्षा ११ र १२ बाट विज्ञान पढेकाले मात्र गणित विषय पढ्न पाउने प्रस्ताव अगाडी बढाएपछि, नेपाल गणित समाज र गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विरोध जनाएका छन् । पहिलेको पाठ्यक्रममा कक्षा ११ र १२ मा पढ्न चाहेका विद्यार्थीहरुले गणित पढ्न पाउने थिए ।
केन्द्रीय गणित समाजका सहसचिव तथा गणित विषयका उपप्राधयापक जिवन काफ्ले भने “विज्ञान विषयकाबाट गणित राख्नु राम्रो हो । तर विज्ञान नपढेकाले गणित पढ्न नपाउदा बाधा पुग्ने बताए ।” विज्ञानबाट पनि पहिले गणित हटाउन लागिएको थियो । अहिले फेरी विज्ञान पढ्ने बहेक अरु विद्यार्थीले गणित पढ्न नपाउनु राम्रो नभएको बताए ।
उनले भने “उच्च तहमा बसेकाहरुले गणितले विद्यार्थीलाई बोझ भो भन्दै हिडनु दुखद भएको र यसो नगर्न पनि अनुरोध गरेका छन् । चाहेका विद्यार्थीहरुले पनि गणित विषय पढ्न नपाउने निर्णयको विरोधमा उत्रिएका गणित विषयका विज्ञहरूले त्यसो गरिए विद्यार्थीको शैक्षिक उन्नतिमा बाधा पुग्ने बताएका छन् ।
सरोकारवालाको विरोधकाबीच शिक्षा मन्त्रालयले तयार पारेको नयाँ पाठ्यक्रममा गणित विषयलाई अनिवार्य नभइ वैकल्पिक र विज्ञान पढ्काहरुले मात्रै पढ्न पाउने बनाएको छ ।