
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।
अब यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा सिभिल बैंकका जुनसुकै शाखाबाट पाइने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।