
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिक्री नभएको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको २ लाख ७८ हजार ११९ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो ।
हकप्रद सेयर लिलामीका लागि बोलपत्र पेश कात्तिक १५ देखि सुरु भई २८ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्रदाताले न्युनतम १०० कित्ता हकप्रदका लागि प्रस्ताव पेश गर्नुपर्ने छ ।