प्रदेश नं २ मा चाँडै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने : स्वास्थ्य राज्यमन्त्री

<p>काठमाडौं। स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले प्रदेश नं २ मा चाँडै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने तयारी भइरहेको बताएका छन्। । महोत्तरीको औरही–३ मा अवस्थित सोन्फी दशैँ मावि श्रीपुरमा आयोजित प्राविधिक शिक्षालय तथा पुस्तकालय उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै डा यादवले सो कार्यका लागि अहिले जग्गा व्यवस्थापनका लागि पहल भइरहेको स्पष्ट पारेका छन्। औरही नगरपालिकामा [&hellip;]</p>

काठमाडौं। स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले प्रदेश नं २ मा चाँडै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने तयारी भइरहेको बताएका छन्। ।

महोत्तरीको औरही–३ मा अवस्थित सोन्फी दशैँ मावि श्रीपुरमा आयोजित प्राविधिक शिक्षालय तथा पुस्तकालय उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै डा यादवले सो कार्यका लागि अहिले जग्गा व्यवस्थापनका लागि पहल भइरहेको स्पष्ट पारेका छन्।

औरही नगरपालिकामा रहेका पाँच मावि विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गरिने डा यादवले प्रतिबद्धता जनाए। औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले संस्कार र सोचको परिवर्तन गरेर शिक्षामा परिवर्तनको कल्पना गर्न सकिने धारणा राखे। सोन्फी दशैँ माविमा यस वर्षदेखि इन्जिनियरिङ तर्फको अध्ययन अध्यापन शुरु भएको छ। रासस

Share News