पोखरा फाइनान्सको कात्तिक १२ गते बुक क्लोज, १३ प्रतिशत लाभांश दिँदै

<p>काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको आगामी कात्तिक १२ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको दर्ता किताब बन्द गर्न लागेको हो । यस संस्था आगामी कात्तिक २० गते वार्षिक साधारणसभा बस्दै छ । उक्त सभाले संस्थाको प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ८.६८४ प्रतिशत [&hellip;]</p>

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको आगामी कात्तिक १२ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको दर्ता किताब बन्द गर्न लागेको हो ।

यस संस्था आगामी कात्तिक २० गते वार्षिक साधारणसभा बस्दै छ । उक्त सभाले संस्थाको प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ८.६८४ प्रतिशत नगद लाभांश पारित गर्दै छ ।

हाल संस्थाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ रहेको छ । उक्ता बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ ।

Share News