सामान्य रुपमा महिनावारी रोक्न पिल्सको प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्दैन : डा. नुतन शर्मा

<p>काठमाडौं। चाडबाडको समय छ र यस समयमा धेरै महिलाको चिन्ताको बिषय हो महिनावारी। हाम्रो समाजमा अझै पनि महिनावारीलाई लिएर मानिसहरुमा नकरात्मक धारणा रहेको छ। चाडवाडको समयमा महिनावारि भएको खण्डमा पूजाआजा गर्न नमिल्ने, टिका लगाउन नमिल्ने भनेर समाजले एकप्रकारको बन्देजनै लगाएको छ। कोही मानिसहरु यस सोचबाट माथि उठीसकेका छन् भने अझै पनि धेरै मानिसहरु यही बन्देज [&hellip;]</p>

डा. नुतन शर्मा, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ

काठमाडौं। चाडबाडको समय छ र यस समयमा धेरै महिलाको चिन्ताको बिषय हो महिनावारी। हाम्रो समाजमा अझै पनि महिनावारीलाई लिएर मानिसहरुमा नकरात्मक धारणा रहेको छ। चाडवाडको समयमा महिनावारि भएको खण्डमा पूजाआजा गर्न नमिल्ने, टिका लगाउन नमिल्ने भनेर समाजले एकप्रकारको बन्देजनै लगाएको छ। कोही मानिसहरु यस सोचबाट माथि उठीसकेका छन् भने अझै पनि धेरै मानिसहरु यही बन्देज भित्र छन्।

यसका लागि चिकित्सा विज्ञानले केही औषधिको जोहो पनि गरिदिएको छ  र धेरै महिलाहरुले त्यसको प्रयोग पनि गर्छन् तर भित्रभित्रै यसले समस्या उब्जाउने पो हो कि भन्ने डर उनिहरुको मनमा सधैं हुने गर्छ। पछी गएर बच्चा नबस्ने पो हो कि, महिनावारीमा गडबडी पो हुने हो कि भन्ने डर उनिहरुको मनमा सधैं हुनेगर्छ।

महिनावारि केही दिन पर सार्ने पिल्सको बारेमा उनिहरुको एकदमै गलत धारणा रहेको छ। यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन र स्वास्थ्यका लागि हानीकारक हुन्छन् भनेर धेरै भनिन्छ तर कुन र कस्तो अवस्थामा भनेर भनिदैन। सामान्य रुपमा पिल्सको प्रयोग गर्दा स्वास्थ्यलाई यसले कुनै प्रकारको असर गर्दैन। पिल्स महिनावारि सुरुहुनु भन्दा २ दिन अगाडी प्रयोग गर्न सकिन्छ। त्यसपछी आफुलाई कति दिनसम्म चाहिने हो त्यस अनुसार प्रओग गर्दा हुन्छ। ७-८ दिन भन्दा उता पिल्स प्रयोग नगर्दा राम्रो हुन्छ। यसको अत्याधिक प्रयोग भएको खण्डमा मात्र समस्या उतपन्न हुनसक्छ।

Share News