टेलिकमबाट ६ रुपैयाँमा ६० मिनेट कुरा गर्न सकिने, ६०० मा भ्वाइस र एसएमएस अनलिमिटेड

<p>काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको विजया दशमीको उपलक्ष्यमा फोन र इन्टरनेट सेवामा विभिन्न छुट योजना ल्याएको छ । कम्पनीले भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने जनाएको छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । तर [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको विजया दशमीको उपलक्ष्यमा फोन र इन्टरनेट सेवामा विभिन्न छुट योजना ल्याएको छ । कम्पनीले भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने जनाएको छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । तर भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

डाटा प्याक अन्तर्गत प्रत्येक दिन ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । उपरोक्त अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ ।

कम्पनीका अनुसार ६०० रुपैयाँमा १५ दिनसम्म जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ ।

प्रत्येक दिन २ जीबी प्याक गरी १५ दिन समयावधिको ३० जीबी उपलब्ध गराउने भएको छ । सोही प्याक ७ दिन समयावधिका लागि ३०० मा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ ।

कम्पनीले आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान जनाएको छ । १००, २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत, ५००, १०००, को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस दिने कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले जनाइन ।

Share News