एक्लै भएको अवस्थामा हार्टअट्याकबाट बच्ने उपाय जानीराखौँ

<p>काठमाडौं । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाई रहेका छन् । हार्टअट्याक जुनै पनि समयमा जहाँ पनि जसलाई पनि हुन सक्छ। त्यसैले यो भएको अवस्थामा के गर्ने भनेर सबैलाई जान्न जरुरी छ। हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो यसलाई सजिलै जित्न सकिन्छ । डाक्टर नआउनजेल सम्म के गर्ने? यदि तपाईलाई आफ्नो मुटुको [&hellip;]</p>

काठमाडौं । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाई रहेका छन् । हार्टअट्याक जुनै पनि समयमा जहाँ पनि जसलाई पनि हुन सक्छ। त्यसैले यो भएको अवस्थामा के गर्ने भनेर सबैलाई जान्न जरुरी छ। हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो यसलाई सजिलै जित्न सकिन्छ ।

डाक्टर नआउनजेल सम्म के गर्ने?

यदि तपाईलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेत को अनुभव भयो र आफू फेन्ट हुँन्छु जस्तो लाग्यो भने, त्यस बखत तपाईसँग होश गुमाउनु पूर्व जम्मा दश सेकेन्ड समय रहन्छ ।

तर धेरै मानिसहरुलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू हडबडाउनुु हुँदैन । साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ । त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ । खोक्नुभन्दा पहिले लामो श्वास लिनुहोस् र लामो समयसम्म खोक्नुहोस्। आफ्नो फोक्सोमा जमेको थुक, खकार बाहिर फाल्न चाहे जसरी खोक्नुहोस्।

प्रत्येक २ सेकेण्डमा नबिराई श्वास लिनुहोस्। यो प्रक्रिया डाक्टर नआए सम्म वा मुटुको धड्कन नरमल नभएसम्म जारी राख्नुपर्छ । गहिरो श्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रबेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ । यसले तपाईको मुटु र रगत संचारको गतिमा नियमितता ल्याउन मद्धत पुर्याउँछ ।

डाक्टर नआइपुगुनजेलसम्मका लागि यो एकदमै भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन । तसर्थ, संभव भए सम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरु सम्म पुर्याउनुहोस् । तपाईको सानो सहयोगले धेरैको ज्यान बचाउन सक्छ । मुटुरोग बिशेषज्ञहरु ग्यारेनटीका साथ भन्छन्, “यदि एक जनाले यो उपाय दश जना सम्म पुर्याएको खण्डमा, कमसेकम एक जनाको ज्यान बचाउन सकिन्छ ।

Share News