
काठमाडौं। रोटरी इन्टरनेशनलले डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परिवारलाई विशेष प्राथमिक एवंम सहुलियत पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउन नर्भिक इन्टरनेशनल हस्पिटलबीच सहमति गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का डिष्ट्रिक्स गर्भनर चिन्तामणि भट्टराई र नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमति अनुसार नर्भिकले रोट्री इन्टरनेशनलका सम्पूर्ण रोट्रीयनहरू तथा तिनका परिवारलाई एक बिशेष प्राथमिकता सहितको निदानात्मक, निरोधात्मक, रोकथाम मूलकर उपचारात्मक चिकित्सा सेवा प्रदान गर्नेछ । ललितपुरमा आयोजित रोटरीयनहरूको इन्टरसिटी बैठक हुँदै गर्दा उक्त सहमतिमा हस्ताक्षर भएको हो । इन्टरसिटी बैठक तथा सहमतिपत्र हस्ताक्षर समारोहलाई रोटरी क्लब चन्द्रागिरी, रोटरी क्लब कुपण्डोल र रोटरी क्लब अफ स्वयम्भूले आयोजना गरेका थिए ।