काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वाषिकोत्सवको अवसरमा फिदिमको वीरेन्द्रचोकमा बीमा जागरण अभियान सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेको प्रमुख आतिथ्यतामा तथा विशेष अथितीद्धय फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेल र उपमेयर बमबहादुर भट्टराईको उपस्थितीमा सम्पन्न भएको थियो ।
११ गते फिक्कलमा सुर्योदय नगरपालिकाको भवनमा आयोजित बीमा जागरण कार्यक्रममा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष र स्थानीय समाजसेवीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमहरुमा कम्पनीका महाप्रवन्धक गौतमले जीवन बीमाको महत्व बारे प्रकाश पारेका थिए । सोही कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता कट्टेल र कुञ्जनाले बीमा जागरण अभियानको बारेमा जानकारी गराएका थिए ।