नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १, एम. डि ३२५ नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। विश्वमै फैलिएको डरलाग्दो क्यान्सर रोगका कारण हजारौं मानिसहरु मृत्युवरण गरिरहेका छन् । अझ हाम्रो जस्तो अविकसित मूलुकमा अशिक्षा, गरीवि, कुसंस्कार र यस सम्बन्धी चेतना, औषधि उपचार र अन्यश्रोत साधनका अभावका कारण वर्षेनि हजारौं मानिसले ज्यान गुमाएका छन् भने परिवारका सदस्यहरुले झन कष्टदायी जिवन विताउन बाध्य छन् । आर्थिक अभाव र मानसिक तनावले रोगीहरुलाई असर परिरहेको परिप्रेक्षमा विश्वमा नै रोगीलाई आत्माविस्वास दिलाउदै उपचार गर्ने प्रचलनले आज धैरे हद सम्म रोगीको आयु लम्ब्याउन सफल भएको छ ।
नेपालमा पनि उपचारसंग—संगै रोगी र उसको परिवारलाई विश्वास दिलाउदै रोगीको उपचारमा रेखदेख गर्दै आत्माविश्वासका साथ बांच्न सिकाउदै रोग विरुद्ध लड्न संजालमा आबद्ध गर्दै सबै प्रकारका क्यान्सरका रोगीहरु र उनिहरुका परिवार समेत समावेस गरि डाक्टर, बुद्धिजिवी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत नागरिक समाजका सवै वर्ग समेत सामेल भई रोग नियन्त्रण भईसकेकालाई आत्माविश्वासका साथ बांच्न सिकाउने र रोग पत्ता लागि सकेका असहाय विरामीहरुलाई सकेको सहयोग गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबको बिचमा सम्झौता भएको छ।
नेपालमा दिनानुदिन बढ्दै गैरहेको क्यान्सर रोगको व्यवस्थापनका लागि विभिन्न अस्पताल, क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठन संग भैरहेको सम्झौताहरुको सिलसिलामा क्यान्सर हस्पिटल र लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १, एम। डि। ३२५ नेपाल बीच असोज ११ गतेका दिन सम्झौता भएको छ। नेपाल क्यान्सर हस्पिटलका तर्फबाट हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिपश्रेष्ठ र लायन्स क्लबका तर्फबाट लायन अशोक कुमार श्रेष्ठद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो। दुवै संगठनले नेपालक्यान्सर रोगको रोकथाम, निदान, र उपचारका लागि आ-आफ्नो संगठनात्मक संरचानाबाट एक आपसलाई सहयोग गर्ने संझौता गरेका छन्। यस सम्झौतामा क्यान्सर निवारण, क्यान्सर उपचार कोष स्थापना, प्रशिक्षण तथाशोध र प्रबिधि हस्तान्तरण आदिका बुँदा रहेका छन्।
सम्झौतामा नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबका बीच विभिन्न समयमा क्यान्सर जांचशिविर तथा सचेतनाकक्षा संचालन गर्ने, लायन्स क्लब ३२५ बी १ का सदस्यहरुलाई विशेष छुट प्रदान गर्ने निर्णय भएको छ। सम्झौता अनुसार नेपाल क्यान्सर हस्पिटलले लायन्स क्लब ३२५ बी १ का सदस्य, जीवनसाथी र दुइ सन्तानलाई रेडियोलोजी, प्याथोलोजी र बेडमा १० प्रतिशत, रेडियोथेरापी र ब्राकी थेरापीमा ५ प्रतिशत र हस्पिटलले प्रदानगर्ने क्यान्सर स्क्रिनिंग सेवामा दस प्रतिशत छुट प्रदान गर्ने भएको छ।