प्रभु इन्स्योरेन्सको दुई नयाँ शाखा बिस्तार

<p>काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि दुई उप–शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटा उप–शाखा तथा अछाम उप–शाखाको एकै साथ कारोबार सुरु गरेको छ। नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ। धनकुटा नगरपालिकाका मेयर [&hellip;]</p>

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि दुई उप–शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटा उप–शाखा तथा अछाम उप–शाखाको एकै साथ कारोबार सुरु गरेको छ।

नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक  टोपबहादुर रावलले अछाम उप–शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

Share News