जनता बैंकले लमजुङको बाल विकास आधारभुत विद्यालयलाई दियाे प्रोजेक्टर

<p>काठमाडौं। जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका वडा नं। १, रामचोकबेशीमा रहेको बाल विकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे। संविधानसभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न [&hellip;]</p>

काठमाडौं। जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका वडा नं। १, रामचोकबेशीमा रहेको बाल विकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे।

संविधानसभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्व पूर्ण रहने बिचार व्यक्त गरे। जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको छ ।

बैंकले हाल देश भरीबाट १२३ शाखा, ४० शाखा रहित बैंकिङ, ७१ एटिएम, २ सिमित्त बैंकिङ्ग एकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Share News