
काठमाडौ। भीजी अटोमोबाइल्सबाट बिक्री बितरण हुदै आएको जापानिज कम्पनीबाट उत्पादित सुजुकीले बाइक तथा स्कूटरमा दशै तथा तिहारलाई लक्षित गरी छुट अफर ल्याएको छ।
नेपाल भरको कुनैपनि सुजुकी शोरुमबाट बाइक तथा स्कूटर खरीदमा ८ हजार रुपैयाँ छुट र स्कुटर को खरीदमा १० हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।
बम्पर उपहारमा बाइक तथा स्कूटर खरीद गर्ने १० जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी भइ जापान जान पाउनेछन्।
यो योजना भादौं २० गतेबाट कार्तिक ३० गतेसम्म लागू हुनेछ। देशभरीका कुनै पनि सुजुकी शोरुमबाट बाइक तथा स्कूटर सजिलोसंग खरीद गर्न सक्ने छन्। स्कीम अवधीभर सुजुकी बाइक र स्कूटर गरेर ४ हजार २०० बेच्ने लक्ष्य रहेको भीजीका बजार प्रवन्धक नबराज कोइरालाले जानकारी दिए् ।