परिवार नियोजनको लागि श्रीमान/श्रीमतीबिच मिलेमतो हुनु जरुरी

<p>काठमाडौं। महिला तथा पुरुषको ईच्छा अनुसार कहिले, कति फरकमा, कति वटा बच्चा जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो। यसका लागि महिला तथा पुरुषले परिवार नियोजनको बिभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन्। परिवार नियोजनको लागि बिर्सिन नहुने कुराहरु &#8211; श्रीमान र श्रीमती बिच मिलेमतो हुनु पर्दछ। &#8211; आफ्नो परिवारको कती बच्चा जन्माउने भन्नेमा [&hellip;]</p>

काठमाडौं। महिला तथा पुरुषको ईच्छा अनुसार कहिले, कति फरकमा, कति वटा बच्चा जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो। यसका लागि महिला तथा पुरुषले परिवार नियोजनको बिभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन्।

परिवार नियोजनको लागि बिर्सिन नहुने कुराहरु

– श्रीमान र श्रीमती बिच मिलेमतो हुनु पर्दछ।
– आफ्नो परिवारको कती बच्चा जन्माउने भन्नेमा निर्णय गरिनु पर्दछ।
– बच्चा कहिले जन्माउने भनेर सल्लाह गर्नु पर्दछ।
– पहिलो र दोस्रो बच्चा बिच केही बर्ष जन्मा अन्तर राख्न्नेमा उचित निर्णय लिनुपर्दछ
– परिवार नियोजनको स्थायी अस्थायी साधनहरु अपनाउने बारेमा सही निर्णय लिनुपर्दछ।

परिवार नियोजन गरेपछी हुने फाईदाहरु

– नचाहेको गर्व नबस्ने भएकोले समस्या आउँदैन।
– श्रीमान/श्रीमती दुवै मिलेर आफ्नो जिन्दगीलाई सुखी बनाउन सक्दछन्न।
– आमा स्वस्थ भएपछी जन्मने बच्चा पनि स्वस्थ हुन्छ।
– बच्चा जन्मिएपछी आमाले आफ्नो स्वास्थ्यको स्याहार गर्ने मौका पाउने हुनाले शरीर स्वस्थ बनाउन पाउँछन्।
– बाबुआमाले आफ्नो बच्चालाई चहिने जस्तै: खानेकुरा, लत्ताकपडा, शिक्षा-दिक्षा, राम्रो भबिस्य आदिको बारेमा ध्यान पुर्याउन पाउँछन्।
– बच्चाले आफुलाई चाहिने समय निकल्न सक्दछन्।

परिवार नियोजणका विधीहरु र त्यसबाट पुग्ने फाईदाहरु

भिन्नाभिन्नै परिवारको भिन्नाभिन्नै आवश्यकता हुन्छ। हरेक परिवार नियोजनका बिभिन्न स्थायी अस्थायी साधनहरुमध्ये बाट आफ्नो लागि उपयुक्त एवं शाही एक साधन रोज्न सक्छन्।

१. बन्ध्याकरण
– स्ठायी तरिका

२. तीन महिने सुई
– ३ महिनासम्म प्रभावकारी

३. आई.यु.सि.डी
– १२ बर्षसम्म प्रभावकारी
– गर्भको चाहणा भएमा तुरुन्त झिक्न सकिने

४. ईम्प्लान्ट
– ५ बर्ष प्रभावकारी

५. खाने गर्भणिरोढ चक्की(पिल्स)
– दिनहुँ खाए प्रभावकारी हुने

६. कन्डम
– प्रयोग गर्न सजिलो
– सही तरिकाले प्रयोग गरे प्रभावकारी
– एचआईभी र यौनसम्पर्कबाट हुने संक्रमण विरुद्द सुरक्षित राख्छ

 

श्रोत – ओके परिवार स्वास्थ्य सेवा

Share News