
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
संस्थाले ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।