मोबाइल हरायो, फु्टयो कि पानी पस्यो ? अब इन्स्योरेन्स गरेर ढुक्क हुनुस्

<p>काठमाडौं । मोबाइल फोन हराएर, पानी फसेर वा फुटेर हैरान हुनु भएको छ ? अब चिन्ता नगर्नुस, मोबाइलको इन्स्योरेन्स हुन्छ र हराए, फुटेमा क्षतिपूर्ति पाइन्छ । ईजी एस्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने उद्धेश्यका साथ सहकार्य भएको छ । ईजी एस्योरेन्स प्रालिका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्स लिमिटेडका [&hellip;]</p>

काठमाडौं । मोबाइल फोन हराएर, पानी फसेर वा फुटेर हैरान हुनु भएको छ ? अब चिन्ता नगर्नुस, मोबाइलको इन्स्योरेन्स हुन्छ र हराए, फुटेमा क्षतिपूर्ति पाइन्छ । ईजी एस्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने उद्धेश्यका साथ सहकार्य भएको छ ।

ईजी एस्योरेन्स प्रालिका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री बीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौतापछि ईजी एस्योरेन्सले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गरिने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ ।

ईजी एस्योरेन्स प्रालिले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत एक लाख रुपैयाँको दुर्घटना बीमा अन्र्तगत रकम प्रदान गर्नेछ । ईजी एस्योरेन्स प्रालिले प्रदान गरिरहेको मोबाइल फोन एस्योरेन्स सेवा अन्र्तगत मोबाइल ग्राहकहरुले न्यूनतम १५ सय रुपैयाँभन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सकिनेछ । न्यूनतम ४९ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ ।

एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको बजार मूल्यअनुसार फरक फरक हुनेछ । यस बाहेक ईजी एस्योरेन्स प्रालिले कुनै पनि मोबाइल खरिदकर्तालाई कम्पनीले दिने भन्दा थप मोबाइल तथा सफ्टवेयरमा १ वर्षको अतिरिक्त वारेन्टी प्रदान गर्नेछ ।

यो सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकहरुले मोबाइल खरिद गरेको सात दिन भित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सक्नेछन भने सात दिनपछि ईजी एस्योरेन्स प्रालिको आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिन सकिनेछ ।

ईजी एस्योरेन्स प्रालिले मोबाइल फोन एस्योरेन्स सेवा देशभरीका आफ्ना आधिकारिक एजेन्टहरुमार्फत प्रदान गरिरहेको छ र ग्राहकहरुले कुनैपनि एजेन्टमार्फत मोबाइल फोन एस्योरेन्स सेवा लिन सक्नेछन् ।

Share News