राष्ट्रिय बीमा कम्पनीको १३औं शाखा सुर्खेतमा, बुधबारदेखि सञ्चालनमा

<p>सुर्खेत । राष्ट्रिय बीमा कम्पनीले आफ्नो १३औं शाखा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख दूर्गा केशर खनालले गरेका हुन् । बुधबार(भदाै २७ गते)बाट सञ्चालनमा अाउने उक्त शाखाले कृषि तथा पशुपंक्षि बीमा लगायत अन्य सबै प्रकारका निर्जीवन बीमा सेवा उपलब्ध गराउने छ । साथै, समग्र कर्णाली प्रदेशको [&hellip;]</p>

सुर्खेत । राष्ट्रिय बीमा कम्पनीले आफ्नो १३औं शाखा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख दूर्गा केशर खनालले गरेका हुन् ।

बुधबार(भदाै २७ गते)बाट सञ्चालनमा अाउने उक्त शाखाले कृषि तथा पशुपंक्षि बीमा लगायत अन्य सबै प्रकारका निर्जीवन बीमा सेवा उपलब्ध गराउने छ । साथै, समग्र कर्णाली प्रदेशको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास लिएको कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले बताए ।

साथै, उक्त अवसरमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत डुङ्ग्रेश्वर गाउँपालिका -५ स्थीत पिपल चौतारा मा.वि.लाई आर्थिक सहयोग गर्ने र नारायण नगरपालिकासँग कृषि तथा पशु बीमा सहकार्य सहमति समेत गर्ने जनाएको छ ।

Share News