काठमाडौँ । गोर्खाज फाईनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ । उक्त इजाजत पत्र पाएसँगै अब गोर्खाज फाईनान्सले राष्ट्र बैंकद्धारा जारी राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न पाउने छ ।
साथै, फाइनान्सले बैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न पाउने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको डिल्लीबजारमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्तापुँजी ८७ करोड रुपैयाँ रहेको छ । फाईनान्सले हाल २२ वटा शाखा बाट वित्तीय सेवा दिँदै आएको छ ।