९९९ सीसीको फक्सवैगनको ‘नयाँ पोलो १.०’ बजारमा, छिटो बुक गर्नेले साढे २५ लाखमै गाडी पाउने

<p>काठमाडौ । फक्सवैगनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लिले फक्सवैगनको ‘नयाँ पोलो १.०’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रम गरी ९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको उक्त गाडी नेपाली बजारमा भित्र्याएको हो । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा व्यवस्था भए अनुसार १००० सीसीभन्दा माथिका गाडीमा कर वृद्धि गरिएको [&hellip;]</p>

काठमाडौ । फक्सवैगनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लिले फक्सवैगनको ‘नयाँ पोलो १.०’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रम गरी ९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको उक्त गाडी नेपाली बजारमा भित्र्याएको हो ।

आर्थिक वर्ष ०७५/०७६ को बजेटमा व्यवस्था भए अनुसार १००० सीसीभन्दा माथिका गाडीमा कर वृद्धि गरिएको भएपनि यो नयाँ मोडलको गाडी खरिदले उपभोक्तालाई उक्त कर वृद्धिले कुनै असर नपर्ने कम्पनीको दावी छ ।

नेपालमा भर्खरै लन्च भएको यस गाडीको मूल्य २६ लाख ९५ हजार रुपैयाँ रहेको छ । नेपालीहरुको महान चाड दशैँको अवसरमा कम्पनीले गाडीको मूल्यमा विशेष छुटको व्यवस्था गरेको छ । जस अनुसार गाडी बुक गर्ने प्रथम १०० ग्राहकले २५ लाख ५० हजारमा गाडी पाउने कम्पनीले जनाएको छ ।

विशेष छुट सहितको उक्त मोडलको गाडीमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै एन्टिलक ब्रेकिङ सिस्टम(एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि रहेको कम्पनीले जानकारी दिएको छ ।

स्वतन्त्र सर्भे गर्ने संस्था ईलम कन्सल्टेन्सीले प्रमाणित गरेअनुसार फाँक्सवैगन पोलो गाडी अन्य ब्राण्डका सोहि समूहका गाडीभन्दा ३० प्रतिशत कम खर्च पर्ने कम्पनीले जनाएको छ । सोही अध्ययन अनुसार अन्य ब्राण्डका गाडीहरु ५,००० कि.मीमा सर्भिसिङ गर्नुपर्ने भएपनि फक्सवैगन पोलो गाडी १५ हजार कि.मी. सम्म निर्धक्क चलाउन सकिने पूजा इन्टरनेशनल प्रा. लि.का कार्यकारी अधिकृत विबेक विजुक्छेले जानकारी दिएका छन् ।

नेपालमा कम्पनीको हाल ९ वटा सर्भिस स्टेशन रहेको छ, जसमध्ये ३ वटा काठमाडौंमा रहेको छ ।

Share News