काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था) ले सेयरधनीलाई २३.१६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हाल ४० करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । सो पुँजीमा २२ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ४९ करोड २१ लाख रुपैयाँ पुग्ने छ ।