मेगा बैंकबाटै एनएलजीको इन्स्योरेन्स सेवा पाइने

<p>काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड बाटै एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सेवा पाइने भएको छ । उक्त सेवा पाइने सम्बन्धि दुई संस्थाबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सीईओ सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् । अब ग्राहकहरुले मेगा [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड बाटै एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सेवा पाइने भएको छ । उक्त सेवा पाइने सम्बन्धि दुई संस्थाबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सीईओ सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।

अब ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले घर, गाडी, व्यावसाय, दुर्घटना बीमा लगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ ।

Share News