आइएमई जनरल इन्स्योरेन्सले धादिङ्का पशुपन्छी तथा बालिनालीको बीमा गराउने

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र धादिङ्को नीलकण्ठ नगरपालिकाबीच सोही स्थानका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र नीलकण्ठ नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नीलकण्ठ [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र धादिङ्को नीलकण्ठ नगरपालिकाबीच सोही स्थानका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र नीलकण्ठ नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नीलकण्ठ नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् ।

सोही अवसरमा नगरपालिकाका मेयर भिमप्रसाद ढूंगानाले सोही स्थानका सम्पूर्ण कृषकहरुको पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषकको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससंग संझौता गरेको बताएका छन् । साथै, उनले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरेका छन् ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले सोही स्थानका नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share News