एशियन लाईफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई साढे २० लाख रुपैयाँ भुक्तानी

<p>काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानीवापत धादिङ्को बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ । बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक निधन भएकोले निजको नजिकको हकवाला निजको बुवा कमप्रसाद उपाध्यायलाई दुुर्घटना लाभ सहितको सो रकमको चेक मुक्तिनाथ विकास बैंकको कायम मुकायम सहायक महाप्रबन्धक लोकराज जोशीले [&hellip;]</p>

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानीवापत धादिङ्को बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक निधन भएकोले निजको नजिकको हकवाला निजको बुवा कमप्रसाद उपाध्यायलाई दुुर्घटना लाभ सहितको सो रकमको चेक मुक्तिनाथ विकास बैंकको कायम मुकायम सहायक महाप्रबन्धक लोकराज जोशीले हस्तान्तरण गरेका हुन् ।

जोशीले भदौ १९ गते मुक्तिनाथ विकास बैंकको धादिङ्ग शाखा कार्यालयमा आयोजित एक कार्यक्रममा मृतकका परिवारलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

धादिङ्गको त्रिपुरा सुन्दरी गा.पा. निवासी बीमित गकुल उपाध्यायको २०७५ जेठ ३ मा सडक दुर्घटनामा परी असामयीक निधन भएको थियो । मिति २०७४ पुस २६ मा १५ वर्ष अवधीका लागी १० लाख रुपैयाँ बीमाङ्कको दुर्घटना लाभसहितको एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गराएकोमा स्वर्गीय उपाध्यायले यस कम्पनीलाई बीमा शुल्क वापत जम्मा ६६ हजार ८८६ रुपैयाँ भुक्तानी गरेका थिए ।

Share News