आईसीएफसी फाइनान्सको भदौ २७ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

<p>काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको आगामी भदौ २७ गते देखि १४ दिनसम्म बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि असोज ९ गतेसम्म कम्पनीको दर्ता पुस्तिका बन्द गर्न लागेको हो । संस्थाको आगामी १५औँ वार्षिक साधारणसभा आगामी असोज ९ गने हुँदै छ । उक्त सभाले चुक्ता पुँजीको ८ प्रतिशत [&hellip;]</p>

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको आगामी भदौ २७ गते देखि १४ दिनसम्म बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि असोज ९ गतेसम्म कम्पनीको दर्ता पुस्तिका बन्द गर्न लागेको हो ।

संस्थाको आगामी १५औँ वार्षिक साधारणसभा आगामी असोज ९ गने हुँदै छ । उक्त सभाले चुक्ता पुँजीको ८ प्रतिशत (अर्थात ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँ) नगद लाभांश दिने कम्पनीको प्रस्तावलाई पारित गर्ने भएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँ रहेको छ ।

Share News