मेसीको २ गोलसँगै बार्सिलोनाको गोल वर्षा, हुइस्कामाथी ८ गोल

<p>काठमाडौं । स्पेनिस पावरहाउस बार्सिलोनाले लालिगाको तेस्रो खेलमा हुइस्कामाथी गोलको बर्सा गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले हुइस्कामाथि ८ गोल प्रहार गरेको हो । हुइस्काले खेलको २ मिनेटमै अग्रता लिएपनि लियोनल मेसीले १५ मिनेटमै बराबरी गोल फर्काएका थिए । पहिलो हापमा हुइस्काले आत्माघाती गोल गरेसँगै लुइस सुवारेजले गाेल गरे । खेलको [&hellip;]</p>

काठमाडौं । स्पेनिस पावरहाउस बार्सिलोनाले लालिगाको तेस्रो खेलमा हुइस्कामाथी गोलको बर्सा गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले हुइस्कामाथि ८ गोल प्रहार गरेको हो ।

हुइस्काले खेलको २ मिनेटमै अग्रता लिएपनि लियोनल मेसीले १५ मिनेटमै बराबरी गोल फर्काएका थिए । पहिलो हापमा हुइस्काले आत्माघाती गोल गरेसँगै लुइस सुवारेजले गाेल गरे । खेलको ४२ औं मिनेटमा हुइस्काका लागि गलार फाल्गुराले गोल गरे ।

दोस्रो हाफमा ओसामाने डेम्बेले, इभान राकेटिक जोर्डी अल्बा र मेसीले गोल गरे, खेलको अन्तिम समयमा सुवारेजले पेनाल्टी मार्फत गोल गरेपछि बार्सिलोनाले सहज जित हात पार्यो । जितसँगै बार्सिलोना लालिगाको शिर्ष स्थानमा रहेको छ ।

Share News