एनआईसी एशिया क्यापिटलको ७ प्रतिशत नगद लाभांश पारित

<p>काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको ७.३६८४२ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम सेयरधनीले चुक्ता पुँजीको ७.३६८४२ प्रतिशतका दरले हुन आउने कर सहित एक करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश पाउने छन् [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको ७.३६८४२ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम सेयरधनीले चुक्ता पुँजीको ७.३६८४२ प्रतिशतका दरले हुन आउने कर सहित एक करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश पाउने छन् ।

त्यसैगरी सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पास गरेको छ । साथै, सभाले असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गर्यो ।

Share News