ब्याचलर सकेर विदेश जाने विद्यार्थीले राम्रो अवसर पाउछन्- अनुजकुमार श्रेष्ठ

<p>नुवाकोटको बिदुर नगरपालिकामा जन्मिएका अनुजकुमार श्रेष्ठले आजभन्दा १० बर्ष अगाडि सामाखुसी चोकमा अवस्थित साकुरा नेपाल कन्सल्टेन्सीलाई संचालनमा ल्याएका हुन्। कन्सलटेन्सीका प्रबन्धक निर्देषक समेत रहेका श्रेष्ठको सामाजिक कार्यमा पनि क्रियाशील छन् । नेपाली समाजमा बिदेश अध्ययनको लागि जाने क्रममा जापान पनि विद्यार्थीहरुको एकदम रोजाईमा परेको छ। यसै बिषयलाई दिएर विकास न्युजको लागि डोमी शेर्पाले श्रेष्ठसँग गरेको [&hellip;]</p>

अनुजकुमार श्रेष्ठ, प्रबन्धक निर्देशक- साकुरा नेपाल कन्सल्टेन्सी

नुवाकोटको बिदुर नगरपालिकामा जन्मिएका अनुजकुमार श्रेष्ठले आजभन्दा १० बर्ष अगाडि सामाखुसी चोकमा अवस्थित साकुरा नेपाल कन्सल्टेन्सीलाई संचालनमा ल्याएका हुन्। कन्सलटेन्सीका प्रबन्धक निर्देषक समेत रहेका श्रेष्ठको सामाजिक कार्यमा पनि क्रियाशील छन् । नेपाली समाजमा बिदेश अध्ययनको लागि जाने क्रममा जापान पनि विद्यार्थीहरुको एकदम रोजाईमा परेको छ। यसै बिषयलाई दिएर विकास न्युजको लागि डोमी शेर्पाले श्रेष्ठसँग गरेको कुराकानीः

कन्सल्टेन्सी व्यवसाय शुरु गर्ने सोच कसरी आयो ?

वैदेशिक शिक्षासँग नेपाली विद्यार्थीहरुको बढ्दो आकर्षण, नेपालमा अध्ययन पूरा भैसकेपछि के काम गर्ने भन्ने अन्योलता, अवसरको कमी र विद्यार्थीहरुको छिटो स्थापित भै पैसा कमाउने चाहनाले विदेश जाने इच्छा, यी सबै कुराहरुले गर्दा कन्सल्टेन्सी व्यवसाय शुरु गर्ने योजना बनाएको हुँ । २०६२/६३ को आन्दोलन पश्चात विद्यार्थीहरुको विदेशमा अध्ययन गर्न जाने चासो बढेको र सोही समयमा मेरो पढाई पनि सकाएर नयाँ व्यवसाय गरौँ भन्ने योजना बनाउँदै गरेको सन्दर्भमा यो कन्सल्टेन्सी शुरु गरिएको हो ।

नेपाली विद्यार्थीको मनोविज्ञान कस्तो रहेको छ ?

वर्तमान परिप्रेक्ष्यमा नेपाली विद्यार्थीहरु पढाई संगसंगै आम्दानी पनि गर्न चाहन्छन् । आम्दानीका अवसरहरु नेपालमा प्रशस्त नपाइने भएकोले विद्यार्थीहरु त्यसमा पनि विकसित मुलुकहरुमा जान आकर्षित भएको देखिन्छ । जहाँ पढाई संगै केहि समय काम पनि गर्न पाउने सुविधा छ, त्यहाँ बढि आकर्षण भएको देखिन्छ ।

विद्यार्थी साकुराबाट कुन कुन देशमा जान सक्छन् ?

साकुरा नेपाल कन्सल्टेन्सीबाट विशेष गरी जापानमा उच्च शिक्षाको निम्ति जान सक्छन् । दक्षिण कोरिया र अष्ट्रेलियाको निम्ति पनि योजना बनाउँदै छौं ।

जापान जाने प्रकृया कस्तो रहेको छ ?

जापानको लागि सरल प्रकृया रहेकाे छ । सर्वप्रथम जापानको लागि जापानिज भाषा अध्ययन अनिवार्य रहन्छ । जापानिज भाषाको पढाई नगरी जापानको लागि कुनै पनि प्रकृया शुरु हुँदैन । भाषा अध्ययन संगै भाषाको विभिन्न तहगत परीक्षाहरु उत्तिर्ण गर्नु पर्छ । जापानमा गएपछि पनि भाषा नै अध्ययन गर्नु पर्ने भएकोले नेपालमा जति राम्रोसंग भाषा पढ्यो त्यतिनै जापानमा सहज हुने गर्छ । र भाषा राम्रो हुनेले अवसरहरु पनि राम्रै पाउने गर्छन् । त्यस पश्चात विद्यार्थीको शैक्षिक प्रमाण पत्रको आधारमा कलेज स्कूलहरु छनौट हुन्छ । शैक्षिक सत्र, प्राप्त अंक, नियमित विद्यार्थी हो की होइन, जापान गएर उच्च शिक्षा पढ्न सक्षम छ कि छैन, पारिवारिक आर्थिक हैसियत के कस्तो रहेको छ त्यो पनि जापानिज दुतावासले  हेर्ने गर्छ । त्यसैले बैंक ब्यालेन्स, ट्रान्जेक्सन, वार्षिक आम्दानी, सम्पत्ति विवरण, कर तिरेको कागजात आवश्यक पर्दछ । जापानले विशेष गरी विद्यार्थी जापान गई अध्ययन गर्न सक्षम छ की छैन र अविभावकको आर्थिक स्थिति के कस्तो छ, त्यो हेर्ने गर्छ ।

विद्यार्थीले यति प्रकृया पूरा गरेपछि जापान जान पाउछन् त ?

प्रकृया पूरा गर्दैमा जापान जान पाउछन् भन्ने हुँदैन । प्रकृया पूरा गरेका विद्यार्थीहरुको जापानको अध्यागमन कार्यालयमा पेश हुन्छ । अध्यागमनले सर्टिफिकेट अफ इलिजिबिलिटी प्रदान गर्ने कार्य हुन्छ । जसले इलिजिबिलिटी पेपर पाउछन् ति विद्यार्थीहरुले नेपाल स्थित जापानिज राजदूतावासमा भिसाको निम्ति आवेदन गर्न सक्छन् । भिषा आवेदन गर्नु अगाडी विद्यार्थीले अन्तरवार्ता तयारी कक्षामा बस्नु पर्ने हुन्छ ।

विद्यार्थीले एसर्इर्इ पछि पनि आवेदन गर्न सक्छन् कि ?

एसर्इर्इ मात्रै गरेका विद्यार्थीहरु जापान जानै नपाउने भन्ने हुँदैन । जापानमा भाषाका विभिन्न कोर्षहरु हुन्छन् । सर्टटर्म कोष, लङटर्म कोर्षहरु हुन्छन् । तर हामी लङटर्म कोर्षको निम्ति मात्रै काम गर्छाैं । जहाँसम्म एसर्इर्इ मात्रै गरेका विद्यार्थीहरुको सवाल छ, उनीहरु कम उमेरका हुने भएकाले विदेशमा गई अध्ययन गर्नु भन्दा नेपालमै बाह्र कक्षासम्म अध्ययन गर्नु उपयुक्त हुन्छ । नेपालमा अहिले १२ कक्षासम्म विद्यालय स्तर कै मान्यता भएकोले कम्तीमा विद्यालय स्तरको पढाई पूरा गरी विदेश जानु उपयुक्त हुन्छ । अझै ब्याचलर लेभल सम्म अध्ययन पूरा गरी विदेशमा जाने विद्यार्थीहरुले धेरै राम्रो अवसर पाउने गर्छन् ।

साकुराको अन्य सेवाहरुको बारेमा बताउनु हुन्छ की ?

साकुरा विशेषतः भाषा अध्ययन केन्द्र हो जहाँ शैक्षिक परामर्शहरु पनि पाउन सकिन्छ । कोरियन भाषा, जापानिज भाषा र अंग्रेजी भाषा समेत यहाँ अध्ययन गर्न सकिन्छ । हामीसंग भाषाका राम्रा शिक्षकहरु रहेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयसंग स्वीकृति लिएर कार्य संचालन भै रहेको छ । तालिम प्राप्त परामर्शदाताहरुले मात्रै परामर्श सेवा प्रदान गर्ने र अनुभवी प्रशिक्षकहरुबाट अध्यापन गराउने भएकोले नै हामी स्थापित हुन सकेका छौं ।

विद्यार्थीहरुले साकुरा नेपाललाई नै अध्ययनको निम्ति किन रोज्ने ?

विद्यार्थीहरुले भाषा अध्ययनको निम्ति यस्तो संस्था रोज्नु पर्छ, जहाँ नियमित कक्षा संचालन होस्, अनुभवी प्रशिक्षकहरु होस् र संस्था केही वर्ष पुरानो पनि होस् । यसो भनि रहदा नयाँमा पढ्नु हुँदैन भन्ने होइन, मुख्य कुरा शैक्षिक वातावरण र अनुभवी प्रशिक्षक छ की छैन हेर्नु पर्छ । संचालकको नियत र नैतिकताको बारेमा पनि बुझ्नु पर्ने हुन्छ । हामी भाषा अध्यापन संगै विशेषतः जापानको निम्ति उच्च शिक्षा पढ्ने, विद्यार्थीहरु पठाउने काम पनि गर्दै आइरहेका छौं । जापानको काम दशौं वर्ष देखि गर्दै आइरहेका छौं । तसर्थ हाम्रो अनुभवमाथि विद्यार्थीले ढुक्क भएर विश्वास गर्न सक्नु हुन्छ । अहिले बजारमा भिषा ग्यारेन्टीको टे«ण्ड चलेको छ । पास नभए पैसा फिर्ताको पनि हल्ला सुनिन्छ । हामी त्यस्तो कुरामा विश्वास गर्दैनौं । कुनै पनि देशको भिषा ग्यारेन्टी हुँदैन । कसैले ग्यारेन्टी लिन्छ भने त्यो पत्याउनु मुर्खता हो । व्यवसायमा सेवा सुविधाको बारेमा प्रष्ट हुनु राम्रो हुन्छ । जे हो त्यो स्पष्टसंग सेवाग्राहीलाई बताउन सक्नु पर्छ । हामी भिषाको आश्वासन दिएर काम शुरु गर्दैनौं । जे हो त्यही स्पष्ट बताउँछौं । त्यसैले विद्यार्थीले हामीलाई विश्वास गरेका हुन् जस्तो लाग्छ ।

विद्यार्थी भिषामा जानेले काम पाउछन् त ?

जापानमा विद्यार्थी भिषामा जानेले हप्तामा २४ घण्टा काम गर्न पाउछन । त्यो भन्दा बढि काम गरेमा गैरकानूनी ठरिन्छ । विद्यार्थीले आफू केको निम्ति आएको भन्ने बुझ्नु जरुरी छ । विद्यार्थी भिषामा जानेले मुख्यत पढाईमा नै केन्द्रित हुनु पर्छ । उसको पहिलो काम भनेको पढ्नु हो । पढेर बचेको समयमा काम गरेर खान, बस्न र थप अध्ययन गर्न खर्च जुटाउनको निम्ति मात्रै काम गर्न पाउने हो । यदि कुनै विद्यार्थीले आफु जापान पढ्न होइन काम गर्न गएको हो भन्ने बुझ्छ भने उ कहिले पनि सन्तुष्ट हुन सक्दैन र दुःख पनि पाउँछ । विद्यार्थीहरुले मेहिनत गरेर पैसा बचाउन पनि सक्छन् तर उसको पहिलो प्राथमिकता पढाई हुनु पर्छ ।

विद्यार्थीले जापानको भिषा कति अवधिको पाउछन् ?

जापानको भिषा अवधि कलेज, स्कूलको अवस्था हेरेर हुन्छ । जुन स्कूल, कलेजमा विद्यार्थी जादैछन् त्यो संस्था कति पुरानो हो, प्रतिष्ठा के कस्तो छ, त्यसको आधारमा जापानमा जान चाहने विद्यार्थीले भिषा पाउने हो । कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्मको भिषा पाउछन् । औसतमा हेर्दा धेरैले १५ महिनाको भिषा पाएको देखिन्छ । कसले कति अवधिको भिषा पाउछन् भनेर तोकेर भन्न मिल्दैन, यो जापान सरकारको अधिकारको कुरा हो । सबै कुराहरु सकारात्मक रहेमा कलेजको सिफारिसमा भिषा थप्न सक्छन् । यदी गैर कानूनी कार्यमा संलग्न भएका छन् भने जति अवधिको भिषा भए पनि तुरुन्तै फर्काउन सक्छन् ।

विद्यार्थीहरु कुन विषयमा बढि आकर्षित हुन्छन् ?

जापानको लागि अध्ययन गर्न जाने विद्यार्थीहरुले सबैभन्दा पहिले जापानिज भाषा अध्ययन गर्नु पर्छ । भाषा अध्ययन पश्चात मात्रै उच्च शिक्षाको निम्ति कुनै विषय छान्नु पाउछन् । विद्यार्थीहरु प्राविधिक र सीपमूलक विषयहरुमा आकर्षित भएको देखिन्छ ।

नेपालबाट वार्षिक कति विद्यार्थी जापान जान्छन् ?

समग्र नेपालमा हेर्ने हो भने उच्च शिक्षाको निम्ति विदेश जाने संख्या बढ्दो छ । शिक्षा मन्त्रालयबाट एनओसी लिने संख्याको आधारमा भन्नुपर्दा वार्षिक १० देखि १५ हजार सम्मको संख्यामा जापान जान्छन् । तर एनओसी लिने सबै जनाले जापानिज राजदूतावासबाट भिषा पाउछन् भन्ने छैन । दुतावासले लिने अन्तरवार्तामा उत्तिर्ण विद्यार्थीले मात्रै भिषा पाउछन् ।

सन्दर्भ बदलौं, तपाई व्यवसायमा बाहेक सामाजिक सेवामा पनि सकृय हुनुहुन्छ, त्यस बारे केहि बताई दिनुहुन्छ की ?

अवश्य, हुनत मैले यो पेशा, व्यवसायलाई पनि सेवाकै रुपमा लिएको छु । मैले भन्ने गरेको छु की यो पेशामा ५१ प्रतिशत व्यवसाय हो भने ४९ प्रतिशत सेवा हो । काठमाडौंमा भाडाको घर प्रयोग गरेर शिक्षक, कर्मचारी लगायतको खर्च जुटाउनु व्यवसायी बन्नु पर्ने विदेश अध्ययनको निम्ति केहि नबुझेका गाउँबाट भर्खर काठमाडौं आएका विद्यार्थीहरुलाई सही परामर्श दिएर विदेश जाँदा उत्पन्न हुन सक्ने विभिन्न राम्रा नराम्रा परिस्थितिहरुको जानकारी दिनु पनि सेवा नै त हो ।

त्यसबाहेक म विश्वकै सर्वाधिक पुरानो सामाजिक सेवाको निम्ति स्थापित संस्था लायन्स क्लबमा आबद्ध छु, नुवाकोट सरोकार समाजमा पनि संलग्न छु । शहरमा रहेका सडक बालबालिका, मानसिक सन्तुलन गुमाउनु भएका दुःखीहरुको उद्धार, खाने बस्ने व्यवस्थामा सकृय रहन्छु । नियमित रक्तदान गर्छु र रक्तदानको निम्ति अरुलाई प्रेरित समेत गर्ने गरेको छु । सबैले आफूभन्दा केही कमजोर दिन दुःखीलाई सहयोग गर्न सके अति राम्रो पनि दुःखी असाहयको निम्ति आर्थिक संकलन गरी उपचार लगायतको कार्यमा सहयोग गर्दै आइरहेको छु । यसो गर्दा आत्म सन्तुष्टी प्राप्त हुने र सधै खुशी रहन सकिन्छ भन्ने कुरामा विश्वास गर्दछु ।

Share News