ओम बैकले कास्कीको विद्यालयलाई दियो कम्प्युटर

<p>काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दी स्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । उक्त कम्प्युटर बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक बिजय ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधुप्रसाद बराललाई हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक [&hellip;]</p>

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दी स्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । उक्त कम्प्युटर बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक बिजय ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधुप्रसाद बराललाई हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । सोही अन्तर्गत बैंकले कुल १६५ जना विधार्थी अध्ययनरत उक्त विद्यालयलाई पनि उक्त सहयोग गरेको हो ।

Share News