काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस दिने भएको छ । साथै, संस्थाले कर प्रयोजनको लागि ७ लाख ५८ हजार २८९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लघुवित्तको हालै सम्पन्न सञ्चालक समितिको बैठकले संस्थाले गत आर्थिक वर्ष २०७४/७५को असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको सो मात्राको बोनस सेयर दिने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत (अर्थात एक करोड ४४ लाख ७ हजार ५०० रुपैयाँ) बोनस पश्चात संस्थाको चुक्ता पुँजी ११ करोड रुपैयाँ नाघ्ने छ ।
उक्त सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।