काठमाडौं। एसआईइसले अस्ट्रेलियाको दुईवटा सरकारी कलेजको सेमिनार गर्ने भएको छ। नेपाली विद्यार्थीलाई उपयुक्त कोर्सहरु एसआईइसीले उक्त सरकारी कलेज हरु बाट ल्याउन लागेको हो।
एसआईइसीले गर्न लागेको सरकारी कलेजको सेमीनारमा कलेजको शुल्क सस्तो रहेको, त्यहाँ पढिसकेपछी विद्यार्थीले विश्वविद्यालय पढ्न जाँदा क्रेडिट पाउन सजिलो हुनेछ। बिद्यार्थले ३ बर्षको ब्याचलर २ बर्ष भित्रमै सकिने सरकारी कलेजको अर्को फाईदा रहेको छ। उक्त कलेजको पढाई विश्वविद्यालय स्तरको रहेको र त्यसका साथै विद्यार्थीले काम पाउन पनि सजिलो रहेको छ। कोर्सहरु उद्योगलाई कस्तो मानिस चाहिन्छ भन्ने कुरालाई आधार बनाएर डिजाइन गरिएको छ।
सेमिनारमा क्यानबेरा ईन्स्टीट्युट अफ टेक्नोलोजी, क्यान्बेरा र कङगन ईन्स्टिट्युट अफ टेफ, भिक्टोरिया आउन लागेको हो।
क्यानबेरामा डिप्लोमा इन बिल्डिग् डिजाईनिङ,अकाउन्टिङ,चाईल्ड केयर,क्म्युनिटी सरभिस, नर्सिङ, हस्पिटालिटी, सफ्टवेयर डेभलप्मेन्ट, आईटी, ब्याच्लर अफ फरेन्सिक साईन्च र बिजनेस स्टडी रहेको छ। कलेजको फि बर्षको १४ हजार रहेको छ। उक्त कलेज २८ अगस्टमा नेपाल आउँदैछ।
त्यसतै कङगन ईन्सिटिट्युट अफ टेफ, भिक्टोरियामा भने डिप्लोमा अफ अटोमेटिभ टेक्नोलोजी, फेसन डिजाईनिङ, हस्पीटालिटी, चाईल्ड केयर,नर्सिङ, आईटी रहेको छ।कलेजको सुल्क बार्षिक१२-१४ हजार डलर रहेको छ। उक्त कलेज १२ सेप्टेम्बरमा नेपाल आउँदैछ।