मेगा बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता

<p>काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एलआइसीका कायम मुकायम सीईओ अविजित घोष दस्टीदरले हस्ताक्षर गरेका छन् । यसका साथै, अब ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट एलआइसीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एलआइसीका कायम मुकायम सीईओ अविजित घोष दस्टीदरले हस्ताक्षर गरेका छन् ।

यसका साथै, अब ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट एलआइसीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।

Share News