अब एनआईसी एसियाबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने

<p>काठमाडौं । अब एनआईसी एसिया बैंकबाटै प्रभु लाइफ इन्स्योरेन्सको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार दुई संस्थाबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात बैंकले उक्त सेवा दिने भएको हो । उक्त सम्झौता पश्चात प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुले एनआईसी एसिया बैंकको जुनसुकै शाखाहरु मार्फत जीवन बीमा सम्बन्धि सेवाहरु पाउन सक्नेछन् । उक्त सम्झौतामा प्रभु [&hellip;]</p>

काठमाडौं । अब एनआईसी एसिया बैंकबाटै प्रभु लाइफ इन्स्योरेन्सको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार दुई संस्थाबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात बैंकले उक्त सेवा दिने भएको हो ।

उक्त सम्झौता पश्चात प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुले एनआईसी एसिया बैंकको जुनसुकै शाखाहरु मार्फत जीवन बीमा सम्बन्धि सेवाहरु पाउन सक्नेछन् ।

उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमिक्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा एनआईसी एसिया बैंकका निमिक्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । अब जीवन बीमाको प्रिमियम एनआईसी एसिया बैंकमार्फत समेत बुझाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Share News