काठमाडौं । लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनले तारकेश्वर नगरपालिका ६ नं वडा धर्मस्थली पैयाटार स्थित बंगलामुखी मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । ‘वातावरण संरक्षणका निम्ति रुख रोपौ’ भन्ने अभियान अनुसार वृक्षारोपण गरिएको क्लवका सचिव बैकुण्ठप्रसाद रिमालले जानकारी दिए।

रिमालका अनुसार कार्यक्रममा रुद्राक्ष, धुपी, समी, रिट्ठा, कल्की, शिरीष लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको थियो। वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले लायन्स क्लवले विश्व भरिनै वृक्षरोपण गर्ने अभियान संचालन गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए। श्रेष्ठले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताएका छन् ।
