अल्का अस्पतालद्धारा अपाङ्गता भएका ७ जनालाई ह्विल चेयर प्रदान

<p>ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले धापाखेलका ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चेयर प्रदान गरेको छ । अल्का अस्पताल, तथा अल्का पोलिक्लिनिक प्रालि सातदोबाटोले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा प्रदेश नम्बर ३ की सांसद देवकी वान्तवाले ह्विल चेयर प्रदान गरेकी हुन् । पुर्णगोपाल श्रेष्ठ, वासुदेव खड्का, गिता मालाकार, तारा महर्जन, सम्झना कार्की, गोमा [&hellip;]</p>

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले धापाखेलका ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चेयर प्रदान गरेको छ । अल्का अस्पताल, तथा अल्का पोलिक्लिनिक प्रालि सातदोबाटोले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा प्रदेश नम्बर ३ की सांसद देवकी वान्तवाले ह्विल चेयर प्रदान गरेकी हुन् ।

पुर्णगोपाल श्रेष्ठ, वासुदेव खड्का, गिता मालाकार, तारा महर्जन, सम्झना कार्की, गोमा खत्री र पवित्रा ज्ञवालीलाई वान्तासहित लाइन्स क्लव डिस्ट्रिक ३२५ ए टुका पुर्व गर्भनर रुद्रहरी ज्ञवाली, नागदह पर्यटन सहकारीका अध्यक्ष हरिशरण गिरीले ह्विल चेयर प्रदान गरेका हुन् । साथै,  ह्विलचेयर पाएपछि खुसी हुँदै उनीहरुले हिँडडुलमा सहजता आउने बताएका छन् ।

जल्पा माविमा भएको उक्त शिविरलाई लाइन्स क्लव अफ काठमाडौं अल्का, लियो क्लव काठमाडौं अल्का र नागदह पर्यटन सहकारीले सहयोग गरेका थिए ।

शिविरमा स्त्री रोग विशेषज्ञ, बाथरोग विशेषज्ञ,दन्त रोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ, सुगर रोग विशेषज्ञ र जनरल फिजिसियनहरुले करिव ३ सय विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । बिरामीहरुलाई औषधी पनि निशुल्क प्रदान गरिएको थियो ।

अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापाले स्थानीय निकायहरुसँग स्वास्थ्य शिविर र ह्विल चेयर बाँड्न पाउँदा खुसी भएको बताएका छन् ।

Share News