काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२.६३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
संस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट ८ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभा अनुमोदन गर्नु पर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ६८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।