काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १८औं शाखा काठमाडौंको मनमैजुँमा संचालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखा सहित बैंकको ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।