सन नेपाल लाइफद्धारा बिमितलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण

<p>काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस कम्पनीमा बीमा गराएकी बिमित गिता नेपालीको श्रीमान रमेश नेपालीलाई बिमाङ्क बराबरको रकम ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले बिमित गिताको यही असार १३ गते हृदयघातको कारण मृत्यू भएकोे हुनाले मृतकको श्रीमान रमेश नेपालीलाई सो बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका [&hellip;]</p>

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस कम्पनीमा बीमा गराएकी बिमित गिता नेपालीको श्रीमान रमेश नेपालीलाई बिमाङ्क बराबरको रकम ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले बिमित गिताको यही असार १३ गते हृदयघातको कारण मृत्यू भएकोे हुनाले मृतकको श्रीमान रमेश नेपालीलाई सो बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक कम्पनीका महाप्रबन्धक कमलराज गौतम तथा ब्राण्ड एम्बेसडर एबं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले हस्तान्तरण गरेका हुन् । मृतक नेपालीले गत २०७४ फागुन १० गते प्रथम बीमा शुल्क २५ हजार ३७३ रुपैयाँ जम्मा गरेकी थिइन् ।

कम्पनीले रुकुम उप-शाखाको उद्घाटन गरेको छ । उक्त उप-शाखा उद्घाटन कम्पनीका महाप्रबन्धक गौतम तथा ब्राण्ड एम्बेसडर धुर्मुसले संयूक्त रुपमा गरेका हुन् ।

त्यसैगरी, कम्पनीले सल्यानमा पनि बीमा जागरण अभियान सम्पन्न गरेको छ । उक्त अभियानमा करिब ३०० जनाको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

Share News