बीमा समितिमा जिम्मेवारी हेरफेर, अार्इतबारदेखि विभागीय प्रमुखहरू फरक जिम्मेवारीमा

<p>काठमाडौं । बीमा समितिमा कर्मचारीहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले उप निर्देशक सहितका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । नयाँ जिम्मेवारी आइतबारदेखि लागु हुनेछ । समिति श्रोतका अनुसार वित्त विभागका प्रमुख दिनेश कुमार लाललाई निरिक्षण विभागको जिम्मेवारी दिईएको छ । यस अघि निरिक्षण विभागको प्रमुख रहेका सुशिल सुवेदी भने नियमन [&hellip;]</p>

काठमाडौं । बीमा समितिमा कर्मचारीहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले उप निर्देशक सहितका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । नयाँ जिम्मेवारी आइतबारदेखि लागु हुनेछ ।

समिति श्रोतका अनुसार वित्त विभागका प्रमुख दिनेश कुमार लाललाई निरिक्षण विभागको जिम्मेवारी दिईएको छ । यस अघि निरिक्षण विभागको प्रमुख रहेका सुशिल सुवेदी भने नियमन विभागमा पुगेका छन् । नियमन विभागमा रहेका साम्भराज लामिछानेलाई कानुन तथा सम्पति सुद्धिकरण विभागको जिम्मेवारी दिइएको छ ।

वित्त विभागमा चाटर्ड एकाउन्टेन्ट सन्तोष कार्की आएका छन् । समितिका अध्यक्ष चापागाईँले तल्लो तहका पनि थुप्रै कर्मचारीहरुको जिम्मेवारी व्यापक हेरफेर गरेका छन् । ती सबैले आइतबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।

Share News