सूर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद निष्कासन गर्ने

<p>काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार ३२ गते बसेको साधारणसभाले १० बराबर ७ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरपछि पुनः हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुत्तापुँजी १ [&hellip;]</p>

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार ३२ गते बसेको साधारणसभाले १० बराबर ७ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरपछि पुनः हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्कासनपछि कम्पनीको चुत्तापुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्ने छ । जसअनुसार सर्वसाधारणको ५७ करोड ७२ लाख ६९ हजार रुपैयाँ र संस्थापकको १ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ पुग्ने छ । सभाले अघिल्लो आर्थिक वर्षमा गरेकोन नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १२ प्रतिशत १२ करोड १२ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । नियामक बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको चुक्तापूँजी न्युनतम २ अर्ब रुपैयाँ तोकेको छ ।

Share News