एलआईसी नेपालले घोषणा गर्यो नयाँ बोनस दर, ८५ रुपैयाँसम्म दिने

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लिमिटेडले बिमितलाई ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले प्रतिहजार न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बिमितलाई बोनस दिने भएको हो । आर्थिक वर्ष ०७३/०७४ का लागि बिमितलाई नयाँ बोनस दर निधारण गरेको कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको जीवन आस्था योजनामा प्रतिवर्ष न्युनतम ८० देखि ८५ [&hellip;]</p>

काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लिमिटेडले बिमितलाई ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
कम्पनीले प्रतिहजार न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बिमितलाई बोनस दिने भएको हो ।

आर्थिक वर्ष ०७३/०७४ का लागि बिमितलाई नयाँ बोनस दर निधारण गरेको कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको जीवन आस्था योजनामा प्रतिवर्ष न्युनतम ८० देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । यो अन्य योजनाको भन्दा बढी हो ।

सावधिक आजिवन जीवन बीमामा वर्ष हेरी न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । जीवन तरङ बीमामा न्युनतमा ६१ देखि ७२ र अग्रिम भुत्तानी सावधिक जीवन बीमामा प्रतिहजार ६१ देखि ६३ रुपैयाँसम्म बोनस दिने एलआईसीले जनाएको छ ।

Share News