१० कम्पनीको सहयोगमा केसीसी एक्जिबिट सम्पन्न, स्मार्ट सिटी बारे जानकारी

<p>काठमाडौं । सूचना प्रविधिमा अग्रणी कलेज कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)को आयोजनामा &#8216;केसीसी एक्जिबिट २०१८&#8217; आइतबार सम्पन्न भएको छ । नवीनता, एकीकृतता र दीगोपन मूल नारा रहेको उक्त प्रदर्शनीमा स्मार्ट शहर बारे “दीगो विकासका लागि स्मार्ट सिटी” शीर्षकको छलफल गरिएको थियो । प्रदर्शनीमा इको-स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइट [&hellip;]</p>

काठमाडौं । सूचना प्रविधिमा अग्रणी कलेज कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)को आयोजनामा ‘केसीसी एक्जिबिट २०१८’ आइतबार सम्पन्न भएको छ । नवीनता, एकीकृतता र दीगोपन मूल नारा रहेको उक्त प्रदर्शनीमा स्मार्ट शहर बारे “दीगो विकासका लागि स्मार्ट सिटी” शीर्षकको छलफल गरिएको थियो ।


प्रदर्शनीमा इको-स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइट लगायत सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका ४५ वटा नवीन प्रदर्शनीहरू राखिएका थिए । शनिबारबाट शुरु गरिएको उक्त प्रदर्शनीको उद्घाटन पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले गरेका थिए ।

केसीसी एक्जिबिट २०१८ मा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरू, प्राचार्यहरू, शिक्षक र प्रतिनिधिहरूका साथै औद्योगिक क्षेत्र, सरकारी निकाय, संघसंस्था, विज्ञ तथाअन्तर्राष्ट्रिय दर्शकहरूको समेत उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंक प्रा.लि.को प्रमुख प्रायोजन रहेको उक्त एक्जिबिटमा नियोस्फेर, अग्निमोटो प्रा.लि., वल्र्ड लिङ्क (इन्टरनेट सहकार्य), चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट, आइटी ट्रेनिङ प्रा.लि., आरआर श्री प्रविधि स्कुल, क्यान फेडेरेशन, नेपाल सरकारअन्तर्गतका सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग रहेको थियो । कार्यक्रममा गायिका आस्था राउत र हास्यकलाकार जितु नेपालको पनि प्रस्तुति रहको छ ।

कार्यक्रममा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कलेजहरुले उक्त संस्थाकालागि सानो व्यवस्थापकीय सूचना एमआईएस प्रणाली, केसीसी कनेक्सनले केसीसीका विद्यार्थीहरूकालागि सानो सामाजिक सञ्जाल र कस्टम टि–सर्टले आफ्नै टि–सर्ट डिजाइन गर्न विवरण दिएको छ ।

त्यस्तै, कम्प्युटर गेमको विषयमा स्पेस सुटरले दुई दिनमा बनाइएको बाधा हटाउने गेमका बारेमा विवरण दिएका छन् । त्यसैगरी, थ्रीडी सेभेनले भूतलाई मार्ने गेम थ्रीडी गर्नको लागि विवरण तयार पारेको छ । इलेक्ट्रोनिक्स विषयमा स्मार्ट स्टिकले दृष्टिविहीनका लागि बाधा आफै हटाउने गेम र ट्राफिक लाइट आयोजनाले अटोमेटिक ट्राफिक लाइट बल्ने, निभ्ने प्रणालीका बारेमा जानकारी दिएका छन् ।

सिभिल इन्जिनियरिङ्गका विषयमा चिप्लेटी आयोजनाले स्वीजरल्याण्डका चार स्थानको मोडल जसमा ब्रेक, बीचमा स्टेसन र ताजा हावाको व्यवस्था गरिएको जानकारी दिएका छन् । इको स्मार्ट शहरी योजनाले ग्रीन इको स्मार्ट शहरको नमूना, स्टर्लिङ्ग इन्जिनको बारेमा विद्युत् निकाल्ने मेसिन र सिङ्गलपिलर सस्पेन्सन ब्रिजको आयोजनामा भूकम्प, दुर्घटना र हावाहुरी प्रतिरोधात्मक सेल्फ एङ्कर झुलुङ्गे पुलको बारेमा विवरण दिइएको छ ।

Share News